२०८० आश्विन १७, बुधबार
नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन् ।एमालेको नवौं जिल्ला अधिवेशनको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, सह सचिवमा अखिलेश झा र कुसुम आचार्यलाई चयन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे