२०८० आश्विन १७, बुधबार
सभापति पदको लागि दोस्रो चरणको मतदान आज दिउँसो ३ः३० बजेदेखि सुरु हुने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार ३ः३० बजे सुरु हुने मतदान बेलुका ७ः३० बजेभित्र सक्ने कार्यतालिका रहेको छ ।
मंगलबार सार्वजनिक मतपरिणाम अनुसार पहिलो चरणमा सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो । मतदान राष्ट्रिय सभा गृहमा हुने छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे