२०८० आश्विन १७, बुधबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिइरहेको छ ा बुस्टरडोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मीहरु, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपङ्क्तिमा खटिने कर्मचारी र स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि पर्दछन्।
काठमाडौंमा बुस्टर डोजका लागि तोकिएका केन्द्रहरू
१. सशस्त्र प्रहरी बल अस्पताल‚ बलम्बु
२. सहिद मेमोरियल अस्पताल‚ कलंकी
३. वीरेन्द्र सैनिक अस्पताल‚ छाउनी
४. लोट्से भवन‚ नयाँ बसपार्क
५. नेपाल प्रहरी अस्पताल‚ महाराजगन्ज
६. त्रिवि शिक्षण अस्पताल
७. वीर अस्पताल
८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल‚ टेकु
९. बयोधा अस्पताल‚ बल्खु
१०. प्रसूति तथा स्त्रीरोग अस्पताल‚ थापाथली
११. निजामती अस्पताल‚ नयाँ बानेश्वर
१२. एपेक्स पोलिक्लिनक‚ जडिबुटी
१३. काठमाडौं मोडल अस्पताल‚ प्रदर्शनीमार्ग
१४. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल‚ सामाखुसी
१५. जनमैत्री अस्पताल‚ बालाजु
१६. नर्भिक अस्पताल‚ थापाथली
१७. शुभेच्छा अस्पताल‚ सीतापाइला
१८. नोबेल अस्पताल‚ सिनामंगल
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे