२०८० आश्विन १४, आईतबार
काठमाडौं । एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् ।
अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् । उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे