• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

१२ घण्टा अघि
२

तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन

१७ घण्टा अघि
३

‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न

१७ घण्टा अघि
४

ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग

१७ घण्टा अघि
५

सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन

१७ घण्टा अघि
६

प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक

१८ घण्टा अघि
७

संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने

१८ घण्टा अघि
८

अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ

१८ घण्टा अघि
९

प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्

१८ घण्टा अघि
१०

आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान

१८ घण्टा अघि
११

राजनीतिक नियुक्ति पाएका १५९४ जना पदमुक्त हुँदै

१८ घण्टा अघि
१२

रास्वपाको सचिवालय बैठक बस्दै

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ माघ ८, आईतबार (३ साल अघि)

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

  • 2,838 Views
  • भोजपुर,  माघ ८  । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।

    देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

    खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छन् । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम रु. १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ ।

    यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताउनुभयो । “भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ”, गजमेरले भन्नुभयो, “विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।”

    कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउनुहुन्छ । पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

    “भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारबाट समेत हुने गरेको छ”, व्यवसायी श्रेष्ठले भन्नुभयो, “खुकुरी बनाउने दक्ष कालिगढको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन । पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने अवस्था छ ।”

    दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताउनुभयो ।

    “खुकुरी बनाउने कालीगढ पेसा सङ्कटमा पर्ने अवस्था छ”, विश्वकर्माले भन्नुभयो, “खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन । नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको अवस्था छ । अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।” पेसालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताउनुभयो । मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उहाँको कथन छ ।

    “चार दशक बढी समयबाट यो काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ । मेहेनत बढी गर्नुपर्छ । आम्दानी कम छ ।” नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उहाँको भनाइ छ ।

    स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताउनुभयो । व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उहाँको भनाइ छ ।

    “राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।” सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ । आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ । खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा पर्ने गरेका छन् ।

    मेहनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ–५ मझौलेमा कालीगढ पेसा गर्दै आउनुभएका गोर विश्वकर्माले बताउनुभयो । पुराणा पुस्ताले पुर्खौली पेसालाई संरक्षण गर्दै आएको भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उहाँको भनाइ छ ।

    “कालीगढ काममा दुःख छ”, उहाँले भन्नुभयो, “पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन । सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ । राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने । त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके ।”

    राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ । “पेसाको संरक्षण अहिलेको आवश्यकता हो”, विश्वकर्मा भन्नुभयो, “यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ । राज्यले त्यो वातावरण बनाइदिनुप¥यो । राज्यबाट पनि खास प्रोत्साहन छैन । यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए ।”

    जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ । पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन् । विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य
    १२ घण्टा अघि

  • २

    तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन
    १७ घण्टा अघि

  • ३

    ‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न
    १७ घण्टा अघि

  • ४

    ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग
    १७ घण्टा अघि

  • ५

    सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन
    १७ घण्टा अघि

  • ६

    प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक
    १८ घण्टा अघि

  • ७

    संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने
    १८ घण्टा अघि

  • ८

    अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ
    १८ घण्टा अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्
    १८ घण्टा अघि

  • १०

    आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ४

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

    नेपाल नक्सा
    ५

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ६

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution