२०८० आश्विन १४, आईतबार
बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)ले“Conference on Leadership Development for New Normal” विषयमा २७ नोभेम्बर २०२१ (मंसिर ११, २०७८) शनिबारका दिन याडिसन होटलमा एक दिने सम्मेलन आयोजना गर्न गईरहेको छ ।
बैंक तथावित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु,प्रमुखकार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिकतथाव्यबसायीक क्षेत्रका प्रतिष्ठित व्याक्तिहरु एवम् अन्यपेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहनेछ । यसका साथैनेपाल, भारत, बंगलादेश तथाश्रीलंकाका सम्बन्धीत क्षेत्रका प्रस्तोताएवम् विज्ञहरुबाट ज्ञान आदान–प्रदानको उपयुक्तअवसर हुनेछ।
सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंककागभर्नर श्री महाप्रसाद अधिकारी ज्यू बाट हुने कार्यक्रम रहेको छ ।
सम्मेलनका अन्य अतिथीहरुमा भारतीय रिर्जव बैंककापुर्व गभर्नर डा. दुभुरी सुब्बाराव (Dr. Duvvuri Subbarao), बंगलादेश बैंककापूर्व गर्भनर डा. अतिउर रहमान (-Dr. Atiur Rahman), नेपाल राष्ट्र बैंककापुर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र रहने कार्यक्रम रहेको छ ।
यो सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाहरुको लागिविद्मुतीय कारोबारको लागितयारी अवस्थामा लैजाने प्रयत्न गर्नु हो ।विद्मुतीयक्रान्तीको कारणले व्यबसायीक जगतमा विभिन्न प्रकारका जोखीमहरु देखिएका छन् ।
विद्मुतीयक्रान्तीमाप्रवेश गर्नको लागि बृहतलगानी, नयाँ सीप तथाक्षमताको आवश्यकता, नयाँनियमनकारी व्यबस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको देखिन्छ ।
सम्मेलनबाट बैंकिङ्ग सेवाहरुको भविष्यकोसम्भावना, वस्तु तथा सेवाप्रवाहमाप्रविधीको प्रयोग, वित्तीयक्षेत्रमा देखा पर्ने अपराधतथा सुरक्षा सम्बन्धी जोखीम तथा चुनौतीहरुको सामना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।यसका साथै राष्ट्रीय तथाअन्तराष्ट्रीय क्षेत्रमा कोभिड १९ ले पारेको असर असुलीरणनिती तथासुशासन र महामारीको कारणले सांस्कृतीक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ्ग क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा समेत खोजी गरिनेछ ।
सम्मेलनमा सम्मानित व्याक्तित्वहरु बाट विद्मुतिय नवप्रवर्तन सम्बन्धमाव्यक्तहुने विचारहरुबाट संघ संस्थाहरुमा विद्मुतीय कारोबार गर्ने वातावरणको सिर्जना हुने अपेक्षागरीएको छ ।
बिफिनकम्पनीऐन २०६३ अन्र्तगत१४ अगस्ट, २०१८ मा स्थापनाभएको हो ।इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तकम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रर्बद्धितसंस्थाहो ।
बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धिततालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथादक्षताअभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धितबिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवाप्रदान गर्ने, राष्ट्रिय तथाअन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्नकिसिमकामान्यताप्राप्त शैक्षिककार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथावित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी Data Bank को रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
वर्तमानअवस्थामा यस प्रकारको कार्यक्रमआयोजना गर्न पाउदा बिफिनले गौरवान्वीत महशुस गरेको छ।साथसाथै यस कार्यक्रमलाई सफलबनाउन र वित्तियतथा संस्थागत क्षेत्रमा सामाजिक उत्तरदायित्व पालना गर्दै कोभिड १९ को वर्तमान अवस्थामा सहयोग गर्नुहुने सबैमा आभार व्यक्तगर्दछ।
यस सम्मेलनका मुख्य प्राययोजक राष्ट्रिय वाणिज्य बैंक र भिक्टोरिया युनिभर्सीटी अफ मेलबर्न, अस्ट्रेलिया, सह–प्राययोजकएन.आई.सी एशीया बैंक र पारामाउन्ट मोटर्स प्रा.लि. तथाअन्यप्राययोजकहरु नेपालबंगलादेश बैंक लि, एन.सी.सी. बैंक लि, सेन्चुरी कमर्सीयल बैंक लि, महालक्ष्मीबिकास बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक लि, ज्योतिलाईफ इन्स्योरेन्स, कृषिबिकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि, माछापुछ्रे बैंक, मेगा बैंक नेपाल लि, मुक्तीनाथविकास बैंक लि, एन.एम.बि बैंक लि, नेपालइन्भेष्टमेन्ट बैंक लि र नबिल बैंकलि लाई बिफिनविशेष धन्यवाददिदै यस महत्वपुर्ण कार्यक्रममाआफ्ना सहभागीहरुलाई मनोनयन गरेकोमा वित्तीय र कर्पोरेट क्षेत्रका सम्पुर्ण संघ संस्थाहरु प्रतिबिफीन परिवारहार्दिकआभार व्यक्त गर्न चाहान्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे