२०८१ जेष्ठ १, मंगलबार
काठमाडौँ, वैशाख १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । उनले आइतबार नेपाल लगानी सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले नेपाल कानुनी, भौगोलिक एवम् रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उर नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे । उनले भने, ‘हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ।
हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ। राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ’ । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको उनले बताए । ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे