२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १९ जेठ । कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि १७९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म कर्मचारी भर्ना दरखास्त आह्वान गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ।
इच्छुकले अनलाइन https://recruitment.adbl.gov.np.मार्फत आजबाट असार ७ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुर तिरी असार १४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।
छनोट परिक्षा लिखित र अन्तर्वाताबाट हुने बैंकले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे