• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

५ घण्टा अघि
२

कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर

६ घण्टा अघि
३

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने

७ घण्टा अघि
४

म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह

७ घण्टा अघि
५

शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता

८ घण्टा अघि
६

राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्

८ घण्टा अघि
७

रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

९ घण्टा अघि
८

रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड

९ घण्टा अघि
९

राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए

९ घण्टा अघि
१०

रास्वपाको सचिवालय बैठक जारी

१0 घण्टा अघि
११

प्रतिनिधि सभाको बैठक बस्दै , सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

१0 घण्टा अघि
१२

संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा

१६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (३ साल अघि)

आफुलाई व्यंग्य गर्ने प्रति रवीन्द्र मिश्रको १५ प्रश्न

  • 3,178 Views
  • काठमाडौँ, २६ भाद्र । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफुलाई व्यंग्य गर्नै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई जवाफ फर्काएका छन् ।

    शनिबार काठमाडौं १ का सम्भावित प्रतिस्पर्धीहरुमाथि प्रश्न उठाउँदै सिंहले आफ्नो नेतृत्वमा स्थापना भएको दललाई एकदुई वर्ष टिकाउन नसक्नेले काम गरेर देखाउन सक्लान् भन्दै व्यंग्य गरेका थिए। मिश्रले सामाजिक सञ्जाल मार्फत त्यसैको जवाफ फर्काउदै १५ वटा प्रश्न सोधेका छन् ।

    लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो, मिश्रले लेखेका छन् ।

    मिश्रे सामाजिक सञ्जालमा लेखेका छन् : 

    मलाई व्यङ्ग गर्ने ‘बरिष्ठ नेता’लाई १५ प्रश्न:

    लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो:

    १. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

    २. संसद भनेको देशको नीति-नियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयो? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो?

    ३. तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद। राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो!

    ४. काठमाडौँ सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि?

    ५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनु पर्छ। नदिनाला सफाईका लागि केही काम गर्नुभयो?

    ६. त्यो सांसद विकास कोष भन्ने छ नि? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो कि भएन? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी?

    ७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो?

    ८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि?

    ९. साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो?

    १०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन। त्यो त गम्भिर विषय हो नि। अलि चासो दिनु पर्थेन?

    ११. हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र भन्या?

    १२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो?

    १३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन?

    १४. झण्डै एउटा कुरा विर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् न, कृपया।

    १५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ। मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ।

    तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो। १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन। मौका पाए कोही नबस्ने देश बनाउनु भयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो। खै के भनुँ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?

    मनमा खर्रर आएको मात्र लेखेको हुँ। अहिलेलाई यति नै। छुटेका कुरा पछि गर्दै जाउँला। नमरी बाँचे, कालले साँचे भेटौँला कुनै दिन!’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना
    ५ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर
    ६ घण्टा अघि

  • ३

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने
    ७ घण्टा अघि

  • ४

    म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह
    ७ घण्टा अघि

  • ५

    शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता
    ८ घण्टा अघि

  • ६

    राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्
    ८ घण्टा अघि

  • ७

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा
    ९ घण्टा अघि

  • ८

    रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड
    ९ घण्टा अघि

  • ९

    राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए
    ९ घण्टा अघि

  • १०

    रास्वपाको सचिवालय बैठक जारी
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ४

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा
    ५

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

    नेपाल नक्सा
    ६

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution