
पोखरा , २४ भाद्र | पोखरा विमानस्थलमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका बताएका छन् ।
दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले नेपालको संविधान अनुसार एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको छ दोस्रो पटक संविधानले कुनै ठाउँ नै दिएको छैन् त्यसैले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नुहुन्छ भन्ने लागेको छ । उनले आफू चाहेमा प्रधानमन्त्री बन्न सक्ने तर प्रधानमन्त्रीको कुरामा त्यस्तो डिबेट आफूले नगर्ने भताएका छन् ।
उनले भने,’मैले त भनेको छु , प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुन सक्थे ।२०७४ को निर्वाचन लगत्तै पनि पाँचै वर्षका लागि मेरो ढोका खुला थियो । तर मैले बाम गठबन्धनलाई प्राथमिकता दिएर छाडेको हो।अहिले पनि प्रधानमन्त्रीको कुरामा त्यस्तो डिबेट भएको पनि छैन्ग र्नेमा पनि छैन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे