
काठमाडौँ , १९ भाद्र | मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता डा शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार दिन आवेदन दिएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटका अनुसार दुवै जनाले पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएका छन् ।
पूर्वमहामन्त्री डा. कोइरालाले सोही क्षेत्रबाट ३ पटक चुनाव जितेका थिए ।सोही सायद यहिँ कारणले गर्दा पनि उनले यो पटक पनि यो क्षेत्रबाट उम्मेदवार बन्न आवेदन दिएको हुनसक्छ ।
उता उद्योगपति बिनोद चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे