कास्की , १९ भाद्र |पोखरा महानगरपालिका-१४ चाउथे कदममार्गस्थित खाजा घर संचालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचनलाई १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे