
काठमाडौँ , १७ भाद्र |प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा ६९औँ वाणिज्य दिवसका अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भने , ‘राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ, तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन , राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ’ ।
शैक्षिक क्षेत्रमा देखिने समस्या समाधानका लागि बिद्यार्थी, प्राध्यापक लगाएत सरोकारवाला सवै गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले शैक्षिक विकासको लागि रकार सदैव प्रतिवद्ध रहेको पनि बताए । शंकरदेव क्याम्पसको गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष रहेको समेत बताए ।
साथै नजिकै रहेको खाली समाज कल्याण परिषद्को जग्गा शंकरदेव क्याम्पसलाई उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे