
काठमाडौँ, १७ भाद्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनभित्र सिट बाँडफाडलाई लिएर कुनै पनि असन्तुष्टि नरहेको बताएका दाबी गरेका छन् ।
शुक्रवार नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको चुनावमा क्षेत्र पनि तोक्ने बताउनु भयो ।
अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने दाबी गर्नुभयो । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गरे । ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरुले नसोध्दा राम्रो, प्रचण्डले भने ।’
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा आजबाट प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे