
काठमाडौँ, १६ भाद्र । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड मापदण्ड विपरित भएको भन्दै बन्द गराएको छ । मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा बिहीबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आफैं गएर बोर्ड बन्द गराएको हो ।
उक्त डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन पटक पटक आग्रह गर्दा पनि सेन्टरले बन्द गरेको थिएन् ।
स्वीकृत मापदण्ड अनुसार ८ सय स्क्वायर फिट हुनुपर्नै उक्त बोर्ड १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफलको भएपछि महानगरले पटक–पटक ध्यानाकर्षण गराएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे