
काठमाडौँ, १६ भाद्र । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा जथाभावी गाली गर्नैलाई पक्राउ गरीने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत साम्पाङले फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिने चेतावनी दिएका हुन्।
उनले पक्राउ गरेर मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइने समेत बताएका छन् ।
‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ’, उनले लेखेका छन् , ‘ अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे