
काठमाडौँ, भाद्र १३ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मिश्रले सामाजिक सञ्जाल मार्फत ओली निवास बालकोटमा आइतबार साँझ ६ बजे भेटवार्ता गरेको जानकारी दिएका हुन्।
ओलीसँग अढाई घण्टा भेटवार्ता गरेको नेता मिश्रले बताएका छन्। भेटवार्तामा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भएको मिश्रले बताएका छन् ।
ओलीले भेटमा मिश्रलाई चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार समेत दिएका छन् ।
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे