
काठमाडौँ, ९ भाद्र । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्माले आफुसँग भवनको नक्सा मागेको भन्दै आकोश पोखेका छन् । शर्माले आफ्नै नक्सा आफुसँग मागेकोले आफुले अफिस गएर नक्सा र डोजर ल्याएर अवैध संरचना भत्काएको बताएका छन् ।
‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए, मेयर, ‘साहले भनेका छन् ।
साहले धनि आफैले बुझेर अबैधानिकरुपमा बनाइएको संरचना नक्साअनुसार हटाइदिन अनुरोध समेत गरेका छन् ।
उनले भनेका छन् , ‘अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’
आजै बानेश्वरको शंखमुल लगायतमा दलबल सहित पुगेका शाहले अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गर्दै आएको भन्दै अल्फाबिटाको संरचनामा डोजर लगाएका थिए ।
सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले बिहिबार नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे