
काठमाडौँ, ९ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गर्नुभएको छ ।
काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय भएपछि थापाले उहाँको प्रशंसा गर्नुभएको हो ।
थापाले सामाजिक सञ्जालमा मार्फत थापाले अवैध संरचना भत्काएर काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर शाहको प्रयास प्रशंसनीय भएको बताएका छन् ।
‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।
शाहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदन हुने भएकोले सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।
‘तत्काल केही असुविधा भएपनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भन्नुभएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे