
काठमाडौँ, ८ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एक्सनमा उत्रेका छन् । उनी आफै उपस्थित भएर नक्सा विपरित बनाइएका संरचना भत्काउन सक्रिय हुँदै गएको देखिन्छ ।
बुधबार मेयर शाह डोजर लिएर सुन्धारास्थित काठमाडौं मलमा बनाइएको अवैध संरचना भत्काउन पुगे । त्यहाँ नक्सा विपरीत बनाइएका संरचनामा डोजर चलाइयो ।
त्यहाँ भवन भाडामा लिएकाले नक्सा विपरीत संरचना बनाएकाले भुमिगत पार्किङमा समस्या भएको भन्दै महानगरले डोजर चलाएको हो ।
त्यस्तै यता खिचापोखरीस्थित आरबी कम्प्लेक्समा अगाडी र न्युरोडको रञ्जना गल्लीभित्र बनेका भवनहरुमा पनि डोजर चलाइएको छ । अनधिकृत रुपमा नक्सा विपरीत बनाइएका संरचना महानगरले भत्काउदै आएको छ । केही दिन अघि महानगरले नयाँ बानेश्वरमा सटर हटाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे