
काठमाडौँ , ८ भाद्र |नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विद्येयकलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गलत प्रचार गरेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष प्रचण्डले विदेशीलाई नागरिकता दिन खोजियो भनेर एमालेले भ्रम छर्ने काम गरेर आरोप लगाए ।
उनले भने ,‘यो विधेयकको सारतत्व भनेको आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय हो । नागरिकता नहुँदा ७ लाख युवा अवसरबाट वञ्चित थिए । यसलाई राष्ट्रघाती भन्नु पाखण्ड हो ।’ ‘एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेको दाहालले बताए
आमा र बुबा दुवै नागरिक भइसकेको अवस्थामा पनि नागरिकता नपाउने अवस्थामा सबै प्रकारका सुविधानबाट बञ्चित हुने भएकोले यो विद्येयक ल्याएको अध्यक्ष दाहालले स्पष्ट पारे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे