
काठमाडौं ,८ भाद्र ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार पुगेका छन् ।एमाले अध्यक्ष ओली बुधबार बिहानै देउवा भेट्न वालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवा नेकपा एमालेका अध्यक्ष ओलीबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन,मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा छलफल भइरहेको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रतिपक्षसँग सल्लाह नै नगरी नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर एकलौटी गरेको एमालेको आरोप छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे