
काठमाडौँ, ७ भाद्र । नेत्र विक्रम चन्द “विप्लव” को नेकपा सहित चार दलिय मोर्चाले आव्हान गरेको नेपाल बन्दको असर देशको केन्द्रीय राजधानी काठमाडौंमा भने खासै देखिएको छैन ।उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेका छन् ।
सडक र चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।काठमाडौंमा एक सार्वजनिक बसमा बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेको छन् । बन्दको क्रममा बन्दकर्ताले कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको प्रहरीले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे