
काठमाडौँ , २ भाद्र |राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारीमा छ । राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्।
गठबन्धनको साउन ३१ गते बसेको बैठकले नागरिकता विधेयकलाई जस्ताको तेस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको थियो।संसद् सचिवालयलेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट संदेशसहित प्राप्त विधेयक प्रतिनिधि सभामा पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने छन् ।सांसदहरुले आ–आफ्नो धारणा दिएपछि गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत दिने छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे