
काठमाडौँ ,१ भाद्र | शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिष्कार गर्ने भएको हो ।शान्ति प्रक्रियामा आए पछि पनि अझै मुद्दाहरु फिर्ता नभएको भन्दै आगामी ४ मंसिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने जनाएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा गएको थियो ।सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । सरकारकासँग आक्रोशित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिष्कार गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे