
भक्तपुर,२६ साउन | बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे