
संखुवासभा, २४ साउन | १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे