
२२ साउन , काठमाडौँ |प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो ।
छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ।माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्तुत गरेको महाअभियोगको प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे