
काठमाडौँ, २२ श्रावण । साताको पहिलो दिन शेयर बजार (नेप्से)आज आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ । दिनभर कारोबारमा आएको उतारचढावको विच अन्तमा १० दशमलव २७ अंङ्कले बडेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तेह्रथुम पावरको साढे नौ प्रतिशत र उपकार लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे