
काठमाडौँ ,२२ साउन |आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छन् । सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए । वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको समेत आरोप समेत लगाए ।
उनले भने ,स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्याउनुपर्छ ।गंगालाल अस्पतालमा ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउन लागेका एक चिकित्सकलाई थप तीन वर्ष जागिर खुवाउने उद्देश्यले नियमावली संशोधन गरेर उमेर हद ६३ वर्ष पुर्याइएकोमा आपत्ति जनाए । सांसद भट्टराईले सरकारले नागरिकता नै ४० वर्ष बनाई दिएर अझै २० वर्षसम्म जागिर खान दिए हुन्थ्यो भनेर व्यंग्य गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे