
काठमाडौँ ,२२ साउन |२०७४ वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय प्रभावकारी नभएपछि पुन कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न अभियान सुरु गरिएको छ । कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान थालेको अभियानमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँग मिलेर कार्यक्रम थालेको हो ।
कार्यक्रममा काठमार्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले संवदेनशील क्षेत्र वरिपरि बजाइने हर्नको असर नराम्रो पर्ने भन्दै यो अभियान सार्थक हुने विश्वास ब्यक्त गरे ।सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ तर छोटा हर्न मात्र बजाउन पाइन्छ ।अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना लाग्नेछ छ तर एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा प्रयोग हुने सवारी साधनमा यो नियम लागू हुदैन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे