• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

१२ घण्टा अघि
२

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

१३ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

१३ घण्टा अघि
४

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

१४ घण्टा अघि
५

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

१४ घण्टा अघि
६

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

१४ घण्टा अघि
७

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

१५ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

१५ घण्टा अघि
९

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

१६ घण्टा अघि
१०

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

१६ घण्टा अघि
११

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

१६ घण्टा अघि
१२

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

१६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (३ साल अघि)

नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक

  • 5,312 Views
  • टीकापुर २०,साउन । गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् ।

    टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेकी छैनन् । उनलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् । “मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास कायम छ”, उनी भन्छिन्, ‘‘वर्षा हुन थाले त्रास बढ्छ, राति पानी आएमा त हामी कहिल्यै सुत्दैनौँ, वर्षा हुन थालेपछि छिमेकीलाई फोन गर्ने, म्यासेज गर्ने गरेर एकअर्काको खबर लिएर बस्छौँ ।”

    सुशीलाजस्तै प्रतिपुरका बलबहादुर चौधरीको गत वर्ष लटरम्म फलेको थियो । बाढीले चार बिघा जमिनको धान बगायो । उनी बर्सेनि समस्या झेल्नुपरेकाले सरकारले बाढीबाट नागरिक बचाउन प्रयास नगरेको गुनासो गर्छन् । “नदीमा पानीको बहाव बढी भएमा बस्तीमा पस्छ, सरकारले तटबन्ध थोरै–थोरै गरिरहेको छ । त्यही तटबन्ध भत्कँदै गएको छ”, चौधरी भन्छन्, “हाम्रो सुरक्षाबारे सरकारले ध्यान दिनुपर्छ । हामी धन, सम्पत्ति जोगाउनेभन्दा पनि ज्यान जोगाउने चिन्तामा हुन्छौँ ।”मीनादेवी चौधरीको पनि गत वर्ष १८ कठ्ठा धान बगेको थियो । मीनादेवीलाई पनि वर्षा हुनेबित्तिकै त्रासले सताउँछ । मीनादेवीको घरमा बढी वर्षा भएमा पानी पस्ने जोखिम रहेकाले उनी सरकारले समस्या समाधान गर्नुपर्ने माग गर्छिन् । “एकातिर मेहेनत गरेर लगाएको खेती डुबान र कटान हुने जोखिम छ । अर्कातर्फ बाढीमा बगिन्छ कि भन्ने त्रास छ”, मीनादेवी भन्छिन्, “हरेक वर्ष हामी त्रासमा बाँच्नुपरेको छ । त्रासमा कसरी निद्रा, भोक लाग्छ ।”

    सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी नागरिकका विभिन्न समस्या रहेका बताउँदै सरकारले बाढीसँग जोडेर जीविकोपार्जनका कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । उनी स्थानीय सरकार, सङ्घसंस्था र विपद् व्यवस्थापन समितिले विभिन्न प्रयास गरिरहेको बताउँछन् । “हामीले स्थानीयस्तरमा नागरिक कसरी जोगाउने, कसरी अत्यावश्यक कागजात जोगाउने भनी समुदायलाई तालिम दिएका छौँ, कसरी खोज तथा उद्धारमा खट्ने भनी युवालाई तयारी राखेका छौँ”, रेग्मी भन्छन्, “उच्च घरहरु तयारी अवस्थामा राखेका छौँ, कतिखेर बस्ती छाड्नपर्छ थाहा छैन ।”

    विपद्बाट बच्न पूर्वतयारीसँगै तीनै तहका सरकार मिलेर नागरिक सुरक्षित बस्न पाउने वातावरण बनाउनुपर्ने स्थानीयको माग छ । बाढीको त्रास बढ्दै गएका बेला टीकापुर नगरपालिकाले गत वर्ष पूर्ण क्षति भएको वडा नं ८ मा खोज तथा उद्धार तालिम गरेको छ । नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा समुदायलाई विपद्को सामाना कसरी गर्ने भनी तालिम दिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विपद्को समयमा सूचना महत्वपूर्ण हुने बताए ।

    “विपद्को समयमा समयमै सूचना पाए क्षति हुनबाट जोगाउन सकिन्छ, त्यसैले समुदायमा आफूले पाएको सूचना छिटो दिनुपर्छ”, शाह भन्छन्, “खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, रेडक्रस र समुदायमा रहेका सबैले संयुक्तरूपमा मिलेर काम गरेमा विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सकिन्छ । हामी सबै मिलेर विपद्को सामना गर्ने हो ।”

    खोज तथा उद्धार तालिममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मकरूपमा विपद्को समयमा कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गराइएको थियो । साथै तालिमका सहभागीले स्थानीय स्रोतबाट ढुङ्गा, लाइफ ज्याकेट निर्माण गरेका थिए । गत वर्ष २०७८ कात्तिक २ गतेको वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित भएको यस क्षेत्रमा यस वर्ष पनि जोखिम घटेको छैन । यहाँ कर्णाली नदीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरिरहेको तटबन्ध ठाउँ–ठाउँमा भत्किन लागेकाले जोखिम उस्तै छ ।

    कर्णाली नदीले बर्सेनि धार परिवर्तन गर्दा थप जोखिम बढेको बताइन्छ । कर्णाली नदी किनारका मसानघाट, जमरा कुलाको मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र वनगाउँ, सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायतका स्थान जोखिममा छन् । जोखिममा रहेका यी क्षेत्रमा तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका छन् । कर्णाली नदीमा तटबन्ध भत्किएका कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका डुबान तथा कटानको जोखिममा पर्ने देखिन्छ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    १२ घण्टा अघि

  • २

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    १३ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    १३ घण्टा अघि

  • ४

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    १४ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    १४ घण्टा अघि

  • ६

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    १४ घण्टा अघि

  • ७

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    १५ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    १५ घण्टा अघि

  • ९

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    १६ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ३

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution