
काठमाडौँ ,१९ साउन |सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।सरकारले प्रतिनिभि र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचनको मिति घोषणा भएसंगै मतदाता नामावली संकलन स्थगित भएको जनाएको छ ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।
चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने छ । शुक्रबारदेखि नै मतदाता नामावली संकलन स्थगित हुनेआयोगले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे