
काठमाडौँ, १९ साउन |उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने बताएको छ । मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन उद्योगीहरूलाई आग्रह गरेको छ ।निवेदन दिंदा निवेदनको साथमा उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात-निर्यात इजाजतपत्र र क्वारेन्टिन लगायतका इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनु पर्ने छ ।
भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्ता लगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरूले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे