
काठमाडौँ ,१८ साउन |नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लव) सहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउन उचित नहुने बताएका छन् ।बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले यस्तो बताएका हन् ।
महासचिव शंकर पोखरेलले उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने र पूराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नहुने पनि बताए ।उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको समेत बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे