
चितवन, १७ श्रावण । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ।
अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्य घटाउन आग्रह गरेकी छन् । उनले पेट्रोलियम पदार्थमा वैज्ञानिक तथा स्वचालित मुल्य समायोजन नभए निर्णायक आन्दोलनमा समेत उत्रने चेतावनी दिएकी छन् ।
‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुई पटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन।’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे