
काठमाडौँ , १६ साउन |काठमाडौंको तारकेश्वर नगरपालिका– २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।
प्रहरीकका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे