
काठमाडौँ , १६ साउन |बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई प्रहरी सहायक निरीक्षक (असई) प्रविण चौलागाईँले मध्यराति आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रविण चौलागाईँमाथि उक्त आरोप लागेको र उनलाई निलम्बित गरेर छानबिन थालिएको छ ।
उक्त महिलाले चौलागाईंविरूद्ध बलात्कारको प्रयास गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी छन् ।असई चौलागाईँले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पुर्याई आफूलाई यौंन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे