
काठमाडौँ, १५ श्रावण । बजेट निर्माणको क्रममा विवादमा मुछिएर अर्थमन्त्रिबाट राजिनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछी आजै शर्माले सपथ लिने छन्।
आज बस्ने पार्टीको छलफलपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रि शेरवहादुर देउवालाई अर्थमन्त्रिमा शर्माको नाम सिफारिस गर्नैछन् । प्रधानमन्त्रिले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।
संसदीय विशेष छानविन समितिले शर्मालाई ‘क्लिन चिट’ दिएसँगै शर्मा नै अर्थमन्त्री बन्ने पक्का भएको हो। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसदीय छानविन समितिको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे