
काठमाडौं, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी भदौ ११ र १२ गते गर्ने भएको छ ।एसईई परीक्षाको दुई वटा विषयमा अनुपस्थित विद्यार्थीले पनि ती विषयको परीक्षा दिन पाउने परीक्षा बाेर्डले जनाएकाे छ ।भदौ ११ गते अनिवार्य अंग्रेजी र १२ गते ग्रेड वृद्धि गर्न चाहेको अर्को कुनै विषयको परीक्षा हुने भएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्तांक चित्त नबुझे साउन २७ भित्र निवेदन दिन आह्वान गरेको छ ।
निवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ । २०७८ सालको एसईईको नजिता बुधबार सार्वजनिक भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे