
१३ साउन , काठमाडौँ |आज अन्तर्राष्ट्रिय बाघ दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।यहि अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका छन् ।सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।
२०१८ मा नेपालमा २३५ बाघ थिए । नतिजा अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् ।
शुक्लाफाँटामा ३६, बाँकेमा २५ र पर्सामा ४१ वटा बाघ रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे