
काठमाडौँ, १३ श्रावण । जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई समुहले नयाँ पार्टी दर्ता गरेको छ ।
आज बिहीवार निर्वाचन आयोगमा सो समुहले नेपाल समाजवादी पार्टी दर्ता भएको नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
आयोगले नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा लाई मान्यता दिएको छ ।
जनता समाजवादी पाटीमा अर्का संघि अध्यक्ष उपेन्द्र यादवले निश्चित क्षेत्रमा मात्र पार्टी सञ्चालन गरेको लगायतका अरोप लगाउदै असन्तुष्टि जनाएका बाबुरामले केन्द्रिय कमिटिको छुट्टै बैठक काठमाडौँमा बसेपछि पार्टीले उनी लगायतलाई पार्टीबाट निष्काशन गरेको थियो ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।
२०७२ सालको संविधान निर्माणपछि तत्कालीन माओवादी पार्टी परित्याग गरी भट्टराईले नयाँ शक्ति नेपाल पार्टी गठन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे