
काठमाडौँ, १२ श्रावण । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदै हुनुहुन्छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो ।
एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका लु फेरी अमेरीकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को चर्कौ विरोधका बिच नेपाल आउन लाग्नु भएको हो ।
यसअघि नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने मन्त्रिस्तरीय निर्णय गरीसकेको छ ।
लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे