
काठमाडौँ १० साउन |पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक स्थगित भएको छ। बैठक बेलुका चार बजे फेरि बस्ने भएको छ।प्रहरी प्रतिवेदन अध्ययनमा प्राविधिक कठिनाई भएपछि सम्बन्धि विज्ञलाई नै बाेलाएर अध्ययन गर्ने भन्दै बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । त्यसपछि उनले राजीनामा दिएका थिए
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे