
काठमाडौँ, ६ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो र अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने बताउनुभएको छ ।
काठमाडौँ सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनजीवन नै प्रभावित पारेको बताउनुभयो ।
उहाँले अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको पनि बताउनुभयो । चर्को मूल्य वृद्धि र व्यापार घाटा, वैदेशिक मुद्राको अल्पसंचिति, असन्तुलित आयात निर्यातको दरले देशलाई थप असहज अवस्थामा पुर्याएको उहाँको भनाइ छ ।
बैठकमा अध्यक्ष लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे