
काठमाडौँ, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर भाइरल बनेका सागर ढकाल डडेल्धुराबाट संसदीय चुनाव लड्ने भएका छन्।
पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई ‘ नेपालीले अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री कहिले पाउँछौं ?’ भन्दै प्रश्न गरेका थिए।
उनले हरेक विकासित मुुलुकहरुका प्रधानमन्त्रि ठुला–ठुला यूनिभर्सिटिमा पढेका ब्यक्ति हुने गरेको र बेलायतमा विगत ७० बर्षदेखी अक्सफोर्ड विश्वविद्यालयमा पढेका मात्र प्रधानमन्त्रि भएको बताएका थिए ।
जवाफमा देउवाले हप्काउदै आफुले प्रधानमन्त्रिका लागी कहाँबाट अक्सफोर्डमा पढेका ब्यक्ति खोज्ने भन्दै हप्काएका थिए । आफु जनताले चुनेर प्रधानमन्त्रि भएकाले आफु नै योग्य हो भन्ने तर्क देउवाले गरेका थिए ।
ढकालले मंसिरमा हुने संसदीय चुनावमा प्रधानमन्त्रि देउवालाई टक्कर दिन चुनावमा उमेदवारी दिने बताएका छन् । गुल्मी घर भएका सागरले सुदूरपश्चिममा गएर देउवाको गृह जिल्लामा चुनाव लड्न लागेका हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।
उनले एक टेलिभिजन अन्तरवार्तामा ४० बर्ष मुनिको ब्यक्ति प्रधानमन्त्रि बन्नु पर्नै अडान राख्दै आफु प्रधानमन्त्रि सहितको चुनावमा जान लागेको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे