
काठमाडौँ | नेपालमा आज थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५७ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५७ जनाको नमूना परीक्षण गरिएको थियो ।स्वास्थ्य मन्त्रालयका अनुसार जसमध्ये १ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो ।
सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । ६२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।२४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे