
काठमाडौँ, २ श्रावण । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरीमा रिक्त डिएसपी पदमा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार ३४ इन्स्पेक्टरलाई सिफारीस गर्ने निर्णय गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् ।
त्यस्तै, दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे