
काठमाडौँ, २ श्रावण । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति भएको बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल मार्फत रावलले प्रचण्डको दिल्ली भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति भएको बताउदै यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ भन्दै कटाक्ष गरेका हुन् ।
रावलले लेखेका छन्,’उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं प्रचण्डजीले भनेको सुनियो। ‘कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति ! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ !’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे