
काठमाडौँ ,२ साउन |पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना विरुद्धको दोस्रो खोप लगाइँदै छ ।यहि साउन ८ गतेसम्म पहिलो मात्रा लगाएका कोरोना विरुद्धको खोप केन्द्रबाटै दिने ब्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । सुनसरी, मोरङ, सुनसरी झापा, इलाम, धनुषा, कैलाली, सिरहा, दाङ काठमाडौं, ललितपुर, सिन्धुली , चितवन,काभे सिन्धुली, मकवानपुर, कास्की, डडेलधुरा पूर्व, नवलपरासी पश्चिम, बाँके, रुपन्देही, महोत्तरीदाङ, बर्दिया, सुर्खेत, कैलाली पर्सा, कञ्चनपुर र डडेलधुरा नवलपरासीका बालबालिकालाई खोपको दोस्रो मात्रा दिइने भएको छ ।दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड लैजानु पर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे